२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १नोबेल अस्पताल पुन: तनावग्रस्त, सुई लगाएलगत्तै विरामीको मृत्यु

नोबेल अस्पताल पुन: तनावग्रस्त, सुई लगाएलगत्तै विरामीको मृत्यु


विराटनगर – चिकित्सकको लापरवाहीले सोलुखुम्बुको विरामीको मृत्यु भएको तीन दिन वित्न नपाउँदै विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा अर्का एकजना विरामीको मृत्यु भएको छ । अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी विराटनगर–३ पुष्पलालचौककी ५१ वर्षीया लक्ष्मीकुमारी पोखरेलको शुक्रबार साँझ मृत्यु भएको हो ।

अस्पतालको लापरवाहीले विरामीको मृत्युको भन्दै मृतकका आफन्त, स्थानीय बासिन्दा प्रदर्शन र नाराबाजी गर्दै तोडफोडमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

यसअघि गत मंगलबार सोलुखुम्बु नोचासल्यान– ४ की ३५ वर्षीय तारादेवी भट्टराईको उपचारको क्रममा आन्ध्रा काटिएर मृत्यु भएको मृतकका आफन्तको भनाई थियो । भट्टराईको मृत्यु भएको दुई दिनपछि घटनालाई ढाकछोप गर्न भट्टराईका श्रीमालाई अस्पताल प्रशासनले ३ लाख रूपैयाँ दिएको थियो । अस्पतालको लापरबाहिले नोबलमा तीन दिनमा २ जना विरामीको मृत्यु भइसेको छ ।

शुक्रबार साँझ मृत्यु भएको विराटनगरकी पोखरेलको छाती र श्वासप्रश्वासमा समस्या भएको भन्दै मोटरसाइकलमा राखेर उपचारका लागि साढे ६ बजेतिर अस्पताल लगेका थिए । ‘अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको आमाको हातमा क्यानोल फिट गरियो । त्यस लगतै सुईमार्फत औषधी दिएका थिए,’ मृतकका ज्वाइ कोमल दाहालले भने, ‘चिकित्सकको सल्लाह बमोजिकले केही समयको फरकमा सुइमार्फत तीनवटा औषधि दिएका थिए । औषधि दिएको पाँच मिनेटभित्रै बिरामीको अवस्था झन् गम्भीर बन्दै गयो ।’

सामान्य अवस्थाकी महिलालाई उपचारका लागि लिएको तथा उपचार सुरु गरेको केही बेरमै अवस्था गम्भीर बन्दै गए पनि आईसीयू र भेन्टिलेटरमा राखेर थप उपचार गर्ने व्यवस्था नमिलाउँदा विरामीको मृत्यु भएको मृतकका ज्वाइ दाहालको भनाई छ । उनले गलत औषधि दिएका कारण पनि बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । ‘बिरामीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपनि उपचारमा ध्यान नदिँदा यस्तो घटना घटयो,’ उनले भने, ‘गम्भीर बिरामीको उपचार सिकारु चिकित्सकका भरमा गरिँदा आमाको ज्यान बच्न सकेन ।’

मृतकमा मृगौला र मधुमेहको पुरानै समस्या रहेको र उपचारको क्रममा मृत्यु हुन पुगेको नोबेल अस्पतालका प्रबन्धक नारयण दाहालले जानकारी दिए । गम्भीर अवस्थामा ल्याएका कारण तत्काल आकस्मिक कक्षमा राखेर उपचार थाल्दै धेरै प्रयास गरेपनि बचाउन नसकिएको उनले बताए । ‘अस्पताल ल्याएको केही बेरमै बिरामीको मृत्यु हुन पुग्यो,’ उनले भने, ‘उपचारमा चिकित्सकले लापरबाही गरेको कारणले मृत्यु भएको भन्न मिल्दैन ।’

टुंगामुडामा उत्रिएपछि प्रहरीको लाट्ठी चार्ज

अस्पतालको लापरबाहीले विरामीको मृत्यु भएपछि शुक्रबार राती ११ बजेसम्म मृतकका आफन्त र स्थानिय प्रर्दशनमा उत्रिए । तीन घण्टाभन्दा बढी प्रदर्शनमा उत्रिएका परिवारका सदस्य र आफन्तले बिरामीको मृत्युको कारण स्पष्ट पार्नुपर्ने माग गर्दै उनीहरुले लापरबाही गर्ने चिकिसत्कमाथि कारबाही हुनुपर्ने अडान राखेर शुक्रबार शव अस्पतालमै छाडेका थिए ।

आक्रोसित भीडले स्वास्थ्यकर्मी र हस्पिटलका सुरक्षागाड माथि पनि हातपात र दुव्यवहार गरेको अस्पतालले जनाएको छ । ढुंगामुडा गर्दै उनीहरुले स्वास्थ्यकर्मी र सुरक्षागार्ड माथि हातपात गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले लाट्ठी चार्ज गरेको हो ।

प्रहरीले बल प्रयोग गरेर भीडलाई तितरबितर बनाएपछि राति १२ बजेबाट अवस्था साम्य बनेको थियो । उत्तेजित भीड तोडफोडमा उत्रिएर अवस्था असामान्य बनेपछि नियन्त्रणमा लिन मोरङ प्रहरी र वडा प्रहरी क विराटनगरबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । प्रहरीले तोडफोडमा उत्रिएको आरोपमा मृतकका ६ जना आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएर शनिबार दिउँसो छोडिएको छ । अस्पतालका प्रसाशन कोही पनि उपस्थित नभएपछि मृतकका आपन्तले शुक्रबार दिउँसो १ बजे शव बुझेर दाहसंस्कार गरेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ