२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १६९८ सहित थप २९४२ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १६९८ सहित थप २९४२ जनामा कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप २ हजार ९ सय ४२  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा आइतबार मात्र १ हजार ६ सय ९८ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ६९, ललितपुरमा १ सय ३०  र  भक्तपुरमा ९९  जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४९ हजार ३ सय ४१ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय २६ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै, हाल आइसीयुमा ३ सय १ जना र भेन्टिलेटरमा ६६ जना संक्रमित छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ