२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने

सरकारले विपन्न र लक्षित समूहको मात्रै कोरोना उपचार खर्च बेहोर्ने


काठमाडौँ – सरकारले आर्थिक रुपले विपन्न नागरिक, एकल महिला, अशक्त तथा असाय वर्ग, ज्येष्ट नागरिक, अग्रपंक्तिमामा खटिएका स्वास्थ्यकर्मी, सरसफाईकर्मचारी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा कार्यरत नागरिकहरुको कोभिड-१९को परीक्षण तथा उपचार खर्च नि:शुल्क गर्ने निर्णय गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा उक्त निर्णय भएको जानकारी दिए।

डा. गौतमका अनुसार तोकिएका उल्लेखित नागरिकहरुले कुनै कम्पनीमार्फत कोरोना विमा गराएको खण्डमा उपचारखर्च सो विमाबाटै काटिने छ।

यस्तै, अन्य नागरिकहरुको भने परीक्षण र उपचार व्यक्तिगत रुपमै खर्च गर्नु निर्णय भएको छ। सो निर्णय आजैदेखि कोरोना परीक्षण तथा उपचार गर्ने संस्था र अस्पतालहरुबाट लागु हुने मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ