२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा २३८८ सहित थप ३७९० जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा २३८८ सहित थप ३७९० जनामा कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप  ३ हजार ७ सय ९० कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा सोमबार मात्र २ हजार ३ सय ८८ संक्रमित थपिएका छन् ।

काठमाडौंमा सबैभन्दा बढी २ हजार ८ जना, ललितपुरमा २ सय ८१   र  भक्तपुरमा ९९  जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४० हजार ८ सय ७८  पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणमुक्त हुने दर ६९ दशमलब ५ प्रतिशत रहेको छ । हाल आइसीयुमा २ सय ८२ र भेन्टिलेटरमा ६३ जना संक्रमित उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ