२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारज्यान रहे अर्को वर्ष धुमधामसँग दशैँ मनाउँला : डा. जागेश्वर गौतम

ज्यान रहे अर्को वर्ष धुमधामसँग दशैँ मनाउँला : डा. जागेश्वर गौतम


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसपटकको दशैँ एकाघर बसी मनाउन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा परिवारको सुरक्षाको निम्ति दशैँमा जमघट नगरी एक्लै बसेर मनाउन आग्रह गरेका हुन्।

उनले भने, ‘ज्यान रहे अर्को वर्ष धुमधामसँग दशैँ मनौंला। आफ्नो परिवार नभेट्दा खल्लो लागे पनि सुरक्षाको निम्ति आफु जहाँ बसेको छौं त्यही मनाउन उत्तम हुन्छ। भेटघाट र जमघट नगरम।’

उनले अत्यावश्यक काम परेर बाहिर जान परेमा २ मिटरको दुरी पालना गर्न, हातमुख राम्ररी धुने र धार्मिकस्थलमा गई पुजा नगरी घरमै बसेर पुजा गर्न समेत आग्रह गरेका छन्।

यस्तै, मन्त्रालयले दिर्घरोगी, शरीरमा मेडिकल उपकरण राखेका व्यक्ति, शल्यक्रिया गरेकाव्यक्ति, दमका रोगीलाई संक्रमणको उच्च जोखिम हुने हुँदा सार्वजनिक स्थानमा नजान आग्रह गरेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ