गृहपृष्ठ ∕ समाचार ∕ कोभिड–१९ संक्रमित बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्नुः मानवअधिकार आयोग कोभिड–१९ संक्रमित बिरामीहरुको नि:शुल्क उपचारको व्यवस्था गर्नुः मानवअधिकार आयोग हेल्थ आवाज मंगलबार, २०७७ कात्तिक ४ गते, १४:२६ मा प्रकाशित काठमाडौँ – मानव अधिकार आयोग(एनएचआरसी)ले सम्पूर्ण नागरिकको स्वास्थ्य सम्बन्धि हकको सुनिश्चितता गर्न सरकारलाइ निर्देशन दिएकाे छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले विषम परिस्थितिमा कोभिड–१९ बाट संक्रमित बिरामीहरुको नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र कोभिड–१९ बाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गरी नागरिकको संविधानप्रदत्त स्वास्थ्य सम्बन्धी हकको सुनिश्चितता गर्न आयोग नेपाल सरकारलाई आग्रह गरेको हो। दिन प्रतिदिन कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गइरहेको अवस्थामा सरकारले अबदेखि कोभिड–१९ का बिरामीहरुको उपचार खर्च नव्यहोर्ने, संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन समेत नगर्ने र सम्बन्धित व्यक्ति वा परिवारले आफैँ शव व्यवस्थापन गर्नुपर्ने भन्ने समाचारहरु प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ। सरकार नागरिकको स्वास्थ्य सम्बन्धि हकबाट पन्छिन नपाउने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ सेवा निःशुल्क प्राप्तगर्ने हकहुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हकको सुनिश्चितता गरेको छ ।’ यस्तै जनस्वास्थ सेवा ऐन, २०७५ कोदफा २ (ख) मा सरुवा रोगको उपचार सम्बन्धी आधारभूत सेवा निशुल्क रुपमा प्राप्त हुने व्यवस्था गरिएको छ । संविधान तथा ऐनका यीव्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट आक्रान्त नागरिकहरुको उपचारबाट पञ्छिएर राज्य नागरिकको स्वास्थ्य सम्बन्धीहकको सुनिश्चितता गर्ने दायित्वबाट विमुख हुन मिल्दैन ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा