२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना संक्रमितले भरिदै अस्पतालका आइसियु र भेन्टिलेटर (कुन अस्पतालमा कति छन् खाली बेड)

कोरोना संक्रमितले भरिदै अस्पतालका आइसियु र भेन्टिलेटर (कुन अस्पतालमा कति छन् खाली बेड)


काठमाडौं – कोरोना संक्रमितलाई राख्न तयार पारिएको आइसोलेसन वेडभन्दा दोब्बर बढी संक्रमित भएका छन् । बेडको क्षमताभन्दा दोब्बरले संक्रमित बढी भएपछि उनीहरुको व्यवस्थापनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समस्या परेको छ ।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मुलुकभर १९७४५ वटा आइसोलेसन बेड छन् । तर, कोरोना संक्रमित व्यक्ति हाल ४०७७८ पुगेको छ । यो बेड क्षमता भन्दा २१ हजार ३३ जना बढी हो ।

बेड अभावले गर्दा स्वास्थ्य मन्त्रालयले बेहोस् नहुँदासम्म अस्पताल नआउँन सबैलाई आग्रह गरेको छ । त्यस्तै, लक्षणबिहिन संक्रमितलाई समेत घरमा बस्न आग्रह गरेको छ । बेड अभावले गर्दा हाल २६९२७ जना घरमा बसेका छन् । तर, उनीहरुको स्वास्थ्य अवस्था र कसरी बसेका छन् भनेर निगरानी गर्ने जिम्मा पाएको स्थानीय तहले एकपटक समेत संक्रमितको अवस्था बुझेका छैनन् ।

संक्रमितको संख्या बढ्दै जाँदा सघन उपचार कक्ष समेत कतिपय अस्पतालमा भरिएका छन् । सोमबार साँझसम्म देशभर २८२ जना आइसियु र ६३ जना भेन्टिलेटरमा उपचाररत छन् । उनीहरु मध्ये बाग्मती प्रदेशमा मात्रै १५३ आइसियु र ३८ जना भेन्टिलेटरमा छन् ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समिर अधिकारी कतिपय संख्या अझै प्रदेश र स्थानीय तहले समावेश गरिरहेका छैनन् । पछिल्लो २४ घण्टामा मुलुकमा १५७१४ वटा नमुना परिक्षण गर्दा ३७९० जना संक्रमित फेला परेका छन् । यसबिचमा १८ जनाको मृत्यु भएको छ भने २३३५ जना निको भएर घर गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले सम्म ९४ हजार ५ सय १ जना निको भएका छन् । मृत्यु भने ७ सय ७५ जना नागरिकको भएको छ । अहिलेसम्म १ लाख ३६ हजार ०३६ जनामा कोरोना पुष्टि भएको छ ।

के छ बेडको अवस्था ?

आइसोलेसन बेड १९७४५, आइसोलेसनमा भएको संख्या १३८१५, सक्रिय संक्रमित ४०७७८, होम आइसोलेसनमा भएको संख्या २६९२७, आइसियु वेड संख्या ९५६, आइसियुमा भएको संख्या २८२, भेन्टिलेटर संख्या ४१०, भेन्टिलेटरमा भएको संख्या ६३ जना छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ