२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १७०२ सहित थप ३०९३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १७०२ सहित थप ३०९३ जनामा कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप ३ हजार ९३ कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९० थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा मंगलबार मात्र १ हजार ७ सय २ संक्रमित थपिएका छन् ।

काठमाडौंमा सबैभन्दा बढी १ हजार ४ सय ३१ जना, ललितपुरमा १ सय ४८ र  भक्तपुरमा १ सय २३ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४१ हजार ७ सय ७५  पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार १ सय ८ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा २ सय ७३ र भेन्टिलेटरमा ७८ जना संक्रमित उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ