२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ३१०७ सहित एकैदिन ५७४३ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा ३१०७ सहित एकैदिन ५७४३ जनामा कोरोना संक्रमण


काठमाडौं—नेपालमा एकैपटक थप ५ हजार ७ सय ४३ कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाै उपत्यकामा २४ घण्टामा ३ हजार ७ सय ९० थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा बुधबार मात्र ३ हजार १ सय ७ संक्रमित थपिएका छन् ।

काठमाडौंमा सबैभन्दा बढी २ हजार ३ सय ९१ जना, ललितपुरमा ५ सय ४३ र  भक्तपुरमा १ सय ७३ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २ हजार९ सय९६ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुने दर ६८ दशमलब ७  प्रतिशत रहेको छ।

यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४४ हजार ४ सय ७६ पुगेको छ। हाल आइसियुमा २ सय ९७ र भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ