२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाेभिड अस्पतालमा बेड खालि तर विरामीलाई भर्ना पाउदैनन्

काेभिड अस्पतालमा बेड खालि तर विरामीलाई भर्ना पाउदैनन्


काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड अस्पतालले दैनिक भर्ना भएका बिरामीको सूची पठाउँछन् । २४ घण्टाको अपडेट सहित पठाएको सूचीमा भर्ना भएका बिरामीको संख्याभन्दा बेड बढी देखिएको छ । तर, बिरामीहरुले भने बेड पाउन सकेका छैनन् ।

अस्पताल स्रोतका अनुसार माथिल्लो तहको पहुँचका भरमा विरामीहरुले बेड पाइरहेका छन् । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘ ठुला बढालाई पाँच तारेहोटलमा आइसोलेसन, अस्पतालमा आइसियु भेन्टिलेटर र सडकछाप नागरिकका लागि होम आइसोलेसन एक मात्रै विकल्प छ ।’ तर, अस्पतालहरुले भने सामान्य वेड पाउँन समस्या नभएको बताएका छन् ।

हेल्थ आवाजले राजधानीका केही ठुला अस्पतालसँग बुझ्दा आइसियु, भेन्टिलेटर र अक्सिजन सहितको बेड पाउँन समस्या छ । पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार सामान्य बेड पाउन भने समस्या छैन । तर, आइसियु र भेन्टिलेटरका लागि पावर लगाउनेहरु धेरै छन् जुन बेड अभाव छ । उनका अनुसार पाटनमा हाल २५० आइसोलेसन बेड छ ।

यता, वीर अस्पतालमा पनि प्रशस्त बेड खाली छ । तर सघन उपचार कक्ष भने खाली छैन । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले सामान्य बेड संक्रमितका लागि उपलब्ध भएको बताए । उनले आइसियु र भेन्टिलेटर भने प्याक भएको जानकारी दिए ।

शिक्षण अस्पतालमा भने स्वाब दिएका तर पुष्टि नभएको शंकास्पद व्यक्ति समेत भर्ना गरेर राखिएको छ । नियमअनुसार हाल उनीहरुलाई भर्ना गर्न मिल्दैन । भर्ना गर्नै नमिल्ने व्यक्ति भर्ना गर्दा सामान्य बेड समेत भरिएको छ । अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले शंकास्पद र कोभिड पोजेटिभले सबै बेड भरिएको बताए । शिक्षण अस्पतालमा आइसियुमा क्षमता भनदा बढी राखिएको छ । १५ बेड कोभिड आइसियु भएकोमा १७ जना राखिएको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम तथ्यांकमा धेरै बेडहरु खाली देखिए पनि विरामी नपाएको बताउँछन् । ‘यस विषयमा मैले बैठकमा समेत धेरै पटक कुरा उठाएको छु, ‘ उनले भने, ‘तर अनुगमन गर्ने काम नहुने समस्या उस्तै छ ।’

हाल देशमा १९ हजार ७ सय ४५ वटा आइसोलेसन बेड छन् भने १४ हजार ६ सय ७६ जना मात्रै भर्ना छन् । देशभर कोभिड आइसियु बेड संख्या ९ सय ५६, आइसियु र भेन्टिलेटर संख्या ४ सय १५ छ ।

विगत २४ घण्टाको केही अस्पतालको अवस्था यस्तो छ :


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ