२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १५५२ सहित थप ३६३७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १५५२ सहित थप ३६३७ जनामा कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप ३ हजार ६ सय ३७  जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा बिहिबार मात्र १ हजार ५  सय  ५२ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ।

काठमाडौंमा सबैभन्दा बढी १ हजार २ सय ८३ जना, ललितपुरमा १ सय ५७  र भक्तपुरमा १ सय १२ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा ३  हजार २ सय १५ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्त हुने दर ६८ दशमलब ७ प्रतिशत रहेको छ।

यस्तै, हाल सक्रिय संक्रमिको संख्या ४४ हजार ८ सय ७७  पुगेको छ। हाल आइसियुमा २ सय  र ९०  भेन्टिलेटरमा ७७ जना संक्रमित उपचाररत छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ