×
२०७७ मंसीर ८, सोमबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठजनस्वास्थ्यदशैँमा घर जाँदै हुनुहुन्छ? कतै रोगसँगै लैजाँदै त हुनुहुन्न ?

दशैँमा घर जाँदै हुनुहुन्छ? कतै रोगसँगै लैजाँदै त हुनुहुन्न ?


‘भर्खर मात्र मेरो परिवारका सदस्य कोरोना संक्रमण पछि १४ दिनको होम आइसोलेसन र संक्रमणका सबै लक्षण ठिक भैसकेपछी पुनस्चस् दैनिक जनजीवनमा फर्किएका छौ। यो कुरामा खुसी छु कि अस्पतालमा भर्ना नपाई छट्पटीमा बेसहारा बन्नुपूर्व यो रोगलाई जितेका छौ भने दुखी यस्अर्थमा कि फेरी संक्रमण भैहाले झन् ठुलो खतराको घण्टी बज्नेछ । हाल देशभरी नै महामारीले उग्ररुप लिएसँगै भैरहवा पनि हटस्पोट बन्दै गैरहेको,अस्पतालहरु भरीभराउ हुँदै सील हुने अवस्थामा पुगेको अनि चाडवाडको रमझमले बजारहरुमा ”बढिरहेको भिड देख्दा हामी अझै ठुलो दुर्घटना नजिक गैरहेको भान भैरहेको छ। पश्च्यात हामी अझै पनि आत्तिएका छैनौँ, आफुलाई नपरी नजान्ने हामी कहिले यो कहालीलाग्दो परिवेश बुझ्ने र रअब ढिला भैसकेको छ , सरकारसंग  आफ्नो सत्ता बचाउने खेल बाहेक यो नाथे संक्रमण व्यवस्थापन गर्न सक्ने सामर्थ्य छैन। त्यसैले, एक चिकित्सकको विनम्र आग्रह ,कृपया यो चाडवाडको समय, यो प्रतिकुल समय, घरमै बसौं , सकेसम्म घरमै मनाउ, मिठोमसिनो जे छ, त्यस्मै चित्त बुझाउ। यो महामारीबाट बाचिएछ भने अर्को साल डवल धमाका गरौला। आफ्नो र परिवारको ख्याल राखौ, मुख बार्नुपुर्व स्व-बिबेकले नियम पालना गरौ।’

माथि उल्लेखित लेख डा. सरु भट्टराईको फेसबुकबाट साभार गरिएको हो । आफ्नै परिवारको सदस्यहरुमा केहि सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि संक्रमितको कन्ट्याक्टमा आएकोले परिवारवारसँगै उनी पनि १४ दिन पुर्ण होम आइसोलेसनमा बसेर केहि दिनअघि दैनिक दिनचर्यामा फर्केकी छिन् । १४ दिनसम्म होम आइसोलेशनमा बसेर संक्रमितको अनुभवलाई नजिकबाट नियालेकी डा. भट्टराईले बजारमा चाडपर्वको नाममा बढ्दै गरेको भिडभाडप्रति आपत्ति जनाएकी छिन् ।

यस्तै, उनले प्रत्येक आम नागरिकलाई त्यसरी हुलमुल नगरी यसपालीको दशैँ सामान्य रुपमा नै मनाउन सामाजिक सञ्जालमार्फत आग्रह समेत गरेकी छिन् । पर्वभन्दा स्वास्थ्य महत्वपूर्ण रहेको छ भन्नेतर्फ सांकेतिक इसारा गर्दै उनले प्रस्ट लेखेकी छिन् ‘यो महामारीबाट बाचिएछ भने अर्को साल डबल धमाका गरौंला । यस्तै, हाल अस्पतालहरुमा बेड अभाव भइसकेको तीतो यथार्थप्रति दुखेसो गर्दै पर्वको नाममा बढेको भिडभाडलाई लक्षित गरी फोनवार्ताको क्रममा आकलन गर्दै उनले भनिन्, ‘यस्तो तरिकाले त दशैंपछि स्थिति झन् भयावह हुने देखिन्छ ।’
वास्तवमै पनि दशैंको लहरसंगै बजारमा किनमेल गर्ने ग्राहकको जमात ह्वात्तै बढेको छ ।

कतिपयले सोहि भिडभाडबाट किनमेल गरेर घर फर्किसकेका छन् भने बाँकि भएकाहरु किनमेल गर्ने तयारीमा रहेका छन् । जसले पुनः सोहि किसिमले अर्को भिडभाड कठ्ठा गर्नेछ । नेपालीको महान् चाड दशैं भनेर भनिरहदा दशैंमा किनमेल गर्ने र नयाँ लुगाहरु लगाउने गतिविधि पनि एक किसिमले चलनकै रुपमा स्थापित हुदैछ । जसकारण पनि यस समयमा अधिकांश व्यक्ति किनमेलका लागि बजारमा निस्कछन् । के तपाई पनि दशैंका लागि किनमेल गर्ने सोचमा हुनुहुन्छरु या किनमेल गरेर दशैंमा घर९गाउँ० जाने सोचमा हुनुहुन्छरु यदि हुनुहुन्छ भने याद गर्नुहोस्, कतै तपाई आफूसँगै रोग त लैजादै हुनुहुन्न ?

विश्व स्वास्थ्य संगठन, नेपाल जनसंख्या तथा स्वास्थ्य मन्त्रालय, विभिन्न स्वास्थ्य संस्था एवम् अन्य सम्बन्धित निकायहरुले कोभिड-१९बाट जोगिने गतिलो विकल्पको रुपमा सामाजिक दूरी अत्यावश्यक रहेको बताइरहदा यता जनता भने ती खबरबाट विल्कुल बेखबर देखिन्छन् । मानौं कि दैनिक बढ्दै गरेको कोभिड१९ को संक्रमितको संख्याबाट उनीहरु पूर्ण रुपमा अज्ञात रहेका छन् । या खबर भएर पनि उनीहरुले कोरोनालाई एक सामान्य संक्रमणको रुपमा लिएका छन् । यस्तोस्थिति देख्दा लाग्छ, कोरोनाको फैलदो दरका कारण नेपाल विश्वमा तेस्रो र एसियामा सबैभन्दा खराब राष्ट्रका् अंग्रपक्तिंमा रहनु कुनै नौलो कुरा होइन ।

बजारमा यसरी किनमेल एवम् चाडपर्वका नाममा गरिने यस्ता भिडभाडले झन् खतरापूर्ण अवस्थालाई निम्तो दिएको बताउदै शुक्रराज ट्रोपिकल अस्पताल, टेकुका निर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘यसरी सामाजिक दुरी एवम् संक्रमणको बेवास्ता गर्नु नै दैनिक बढिरहेको संक्रमित संख्याको मुख्य कारण हो ।’

यद्यपि, यसपालीको दशैंले सायद अधिकांशलाई फरक अनुभव दिएर जानेछ । कोरोना महामारीमा परी लामो समयदेखि क्वारेन्टाइन तथा आइसोलेसनमा बसेका व्यक्तिहरुका लागि दशैं एक भेटघाट र शारीरिक निकटताको आयाम बन्नेछ, भने कतिपयको दशैं क्वारेन्टाइन र आइसोलेशनमै बित्नेछ ।

यस्तै, कोभिड-१९कै कारण अधिकांशको दशैँ पहिलेजस्तो रहने छैन भने कतिपयका सदस्य दशैं मनाउन हामीबीच छैनन् ।यस्तै पिडामिश्रित एक अनौठो अनुभुति दिएर जाने यस दशैँले संक्रमितको संख्यालाई झन् अझ कति बढावा देला तरु भन्ने विषयमा डा. पाण्डे भन्छन्, ‘यसको उपज दैनिक बढिरहेको संक्रमितको संख्याबाट नै सजिलै अनुमान गर्न सकिन्छ । लक्षण देखिएको छैन भन्दैमा यसरी गाउँघरमा जाने तैयारीमा जुटेका प्रत्येक दाजुभाई एवम् दिदीबहिनीहरु संक्रमणमुक्त हुन्, भनेर भन्न सकिदैन । र, यो नै खतराको घन्टि पनि हो ।’

हुनपनि हो काठमाडौँपछि विराटनगर र भैरहवाजस्ता शहरहरु एकपछि अर्को गर्दै कोरोनाको हटस्पट बन्दै गइरहेका छन् । यो आफ्ना कार्य क्षमताभन्दा माथि रहेको भन्दै यस विषयमा सरकारले पनि आफ्नो कदम पछाडि सारिसकेको छ । यससँगै काठमाडौंजस्तो राजधानी र विराटनगरजस्तो ठूलो शहरहरुमा समेत अस्पतालको अभाव र उपचारको लागि अस्पतालहरुले चर्को महशुल लिएको खबरहरु बाहिरिदै गर्दा आर्थिक अभावका चपेटामा परेका वर्गले उपचार पाउने सम्भावना पनि न्यून हुँदै गएको छ ।

यद्यपि, यसरी फैलिएको महामारी दशैंमा  घर फर्कनेको जमातसंगै दूर दराजका विपन्न ग्रामीण भेगमा फैलने सम्भावना कत्तिको छ त? भन्ने प्रश्नमा डा. पाण्डे सटिक रुपमा उत्तर दिन्छन्; ‘एकदमै छ ।’ आगामी दिनमा यसले झन् विपक्ति निम्त्याउने बताउँदै उनी भन्छन्; ‘यद्यपि यस्तो अवस्था आइनपरोस्, भन्नका लागि अब हामीले निकै नै सावधानी अपनाउनुपर्ने बेला आएको छ ।’ यसका लागि अन्य कुनै नयाँ उपाय एवम् विकल्प नभएको तर, पुरानै विकल्पलाई अझ, विशेष जोडका साथ प्राथमिकता दिदै अनुशरण गर्नुपर्ने उनी बताउँछन् ।

उनका अनुसार, दूर दराजका ग्रामीण एवम् विकट क्षेत्रमा यस महामारीले उग्र रुप नलियोस् र स्वास्थ्य संस्था एवम् सेवाको पहुँच कम भएका स्थान कोरोना हटस्पट नबनोस् भन्नका लागि हाललाई भरपर्दो उपाय भनेकै स्वास्थ्य मन्त्रालयका अनुरोधअनुरुप सकेसम्म आफू जुन ठाउँमा छौ, सोहि ठाउँमा नै रहनु हो । यद्यपि जानैपर्ने बाध्यता भएका व्यक्तिहरुले भने जोखिमलाई कम गर्ने उपायहरु घरबाट निस्कनुअघि देखि नै ध्यान दिनुपर्ने उनी बताउँछन् । जसअन्र्तगत व्यक्तिले ध्यान दिनुपर्ने पक्षहरु निम्न अनुसार रहेका छन्ः

  • अनिवार्य रुपमा मास्क लगाउने, हात सफा राख्ने वा सेनिटाइज गर्ने र सामाजिक दूरी कायम गर्ने,
  •  सकेसम्म किनमल गर्दा अनलाइन सपिङ गर्ने र विद्युतिय माध्यम (ई–सेवा वा एटिएम) बाट भुक्तानी गर्ने,
  • सवारीसाधन चढ्दा कोचाकोच नभएको र सामाजिक दूरी कायम राख्न सक्ने साधनको प्रयोग गर्ने । बसका झ्याल खुल्लै राख्ने
  • जथाभावी नछुने र समय समयमा हात धुने,
  • र, फर्केर आउदा पनि यसै विधिलाई विशेष रुपमा अवलम्बन गर्ने,

यस्तै, कोरोना बाहेक दशैं एवम् चाडपर्वका नाममा प्रत्येकका घर–घरमा काटिने पशुपक्षिंको मासु लामो समयसम्म सञ्चय गरी राख्ने र सोहि मासु अलि–अलि गर्दै लामो समयसम्म नै खाने प्रवृत्तिले पनि अन्य किसिमका संक्रमण एवम् रोगहरु निम्त्याउने उनको अनुभव रहेको छ । उनका अनुसार, यस्ता गतिविधिले व्यक्तिमा झाडाबान्ता एवम् पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ ।

‘ यसका लागि पनि हामीले विशेष सावधानी अपनाउनु पर्छ । जसअन्र्तगत हामीले भुटेको तारेको र लामो समयसम्म सञ्चय गरेको माछामासुको प्रयोग नगरी आफ्नो आवश्यकता अनुसार, माछामासु पसलबाट किनेर ल्याई शरीरले सक्ने जति मात्रै ताजा एवम् स्वच्छ रुपमा उपभोग गर्नुपर्छ,’उनले भने ।

वास्तवमै पनि अब दशैंको रमझमले कोरोनाजस्ता भाइरल इन्फेक्शन नफैलियोस् र रमझमका बीच यो यथार्थ हामीबाट नजरअन्दाज नहोस् भन्नका लागि हामीले माथि उल्लेखित बुदाँहरुलाई कडाईका साथ आफूमा लागु गर्नुपर्छ । अन्यथाः यता हामीले महामारीलाई बेवास्ता गरी पर्वको रमझमलाई प्राथमिकता दिदै गर्दा उता हाम्रो शरीरले हामीलाई स्वयम्लाई नै साथ दिन नछोड्ला भन्न सकिदैन । त्यसैले पनि यसपालिको दशैं आपसमा ‘जुटेर होइन, छुटेर मनाऔं ।’ ‘रमाइलोलाई होइन स्वास्थ्यलाई प्राथमिकता दिएर मनाऔं ।’शुभ दशैँ ।


क्याटेगोरी : जनस्वास्थ्य, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस