२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएकैपटक १९ सयभन्दा बढीमा कोरोना संक्रमण

एकैपटक १९ सयभन्दा बढीमा कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी कोरोना संक्रमण बागमती प्रदेशमा देखिएको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १ हजार १ सय ७८ जना, गण्डकी प्रदेशमा १ सय १५ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ७ जना, सुदूरपश्चिम प्रदेशमा ८ जना, प्रदेश  १ मा ५ सय ७२ जना र प्रदेश २ मा ६२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, हाल आइसीयुमा २ सय ९० जना र भेन्टिलेटरमा ७२ जना संक्रमितको उपचार भैरहेको छ  ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ