२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपीसीआर परीक्षणमा सरकारले तोकेको भन्दा बढी शुल्क लिँदै बी एण्ड बी अस्पताल

पीसीआर परीक्षणमा सरकारले तोकेको भन्दा बढी शुल्क लिँदै बी एण्ड बी अस्पताल


काठमाडौं– ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले कोरोना भाइरसको पीसीआर परीक्षण गरेबापत २ हजार ४ सय रुपैयाँ शुल्क लिने गरेको पाइएको छ । बी एण्ड बी अस्पतालमा पीसीआर परीक्षणका लागि गएका सेवाग्राहीसँग २ हजार ४ सय रुपैयाँ लिएको पाइएको हो ।

यो सरकारले तोकेको भन्दा ४ सय बढी हो । सरकारले पीसीआर परीक्षण शुल्क २ हजार तोकेको छ । तर बी एण्ड बी ले भने बिरामीसँग २ हजार ४ सय रुपैयाँ शुल्क लिएको बील हेल्थ आवाजलाई प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह– प्रवक्ता डा. समीर अधिकारी कुनै पनि अस्पताल तथा ल्यावले कोरोनाको पीसीआर परीक्षण गरेबापत २ हजारभन्दा बढी शुल्क लिन नपाउने बताउँछन् ।

‘अहिलेसम्म पीसीआर शुल्कमा कुनै परिवर्तन गरिएको छैन,’ उनले भने, ‘यदि कुनै अस्पताल अथवा ल्याबले बदमासी गरेको प्रमाण फेला पर्यो भने कारवाही गर्छौं ।’

बी एण्ड बी अस्पतालका प्रशासन प्रमुख प्रकाश भट्टराई सरकारले तोकेको शुल्कभन्दा २० प्रतिशत बढी लिन पाइन्छ भनेर ४ सय रुपैयाँ बढी लिएको बताउँछन् ।

‘हामी लगायत सम्पूर्ण निजी ल्यावहरुले २ हजारमा पीसीआर परीक्षण गर्न सक्दैनौँ भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निवेदन पनि दिएका थियौं,’ उनले भने, ‘हाम्रो अस्पतालको पीसीआर ल्याब स्ट्यान्डर्डको छ त्यसैले सरकारले तोकेको २ हजारमा पीसीआर परीक्षण गर्न सम्भव छैन । त्यही भएर हामीले सर्भिस चार्जको रुपमा ४ सय रुपैयाँ थप लिँदै आएका छौं ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ