२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ मा अक्सिजनसहितका एक सय बेड थपिँदै, तिहार अघि नै सञ्चालनमा आउने

प्रदेश १ मा अक्सिजनसहितका एक सय बेड थपिँदै, तिहार अघि नै सञ्चालनमा आउने


विराटनगर– प्रदेश १ सरकारले अक्सिजनसहितका १ सय बेड सञ्चालनमा ल्याउने भएको छ । समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा प्रदेश सरकार र विराटनगर महानगरपालिकाले निजी क्षेत्रसँग सहकार्य गरी विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रको परिसर भित्र रहेको भवनमा थप १ सय वेड निर्माण गरि संचालनमा ल्याउने भएको हो ।

उक्त बेड तिहार अघि नै सञ्चालनमा ल्याउने तयारीका साथ अहिले तीव्र गतीमा काम भैरहेको छ । संक्रमित बढेसँगै कोभिड अस्पतालको क्षमता विकास र प्रदेशका विभिन्न स्थानमा आईसोलेसन केन्द्रहरु थप गर्दै लगिएको प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए ।

कोशी कोभिड अस्पताल परिसरमा निर्माण भैरहेको आईसोलेसन केन्द्रको शनिबार अनुगमन गर्दै मन्त्री घिमिरेले नेपालमा कोरोना संक्रमण देखापरे लगत्तै कोभिड अस्पताल निर्माण सुरु गरिएको बताए ।

निजी क्षेत्रसँगको साझेदारीमा अक्सिजन सहितको १ सय बेड बाहेक प्रदेश सरकारले कोभिड अस्पताल परिसरमै रहेको भवनमा विशिष्टिकृत सेवा सहितको थप १ सय बेड निर्माणको काम भैरहेको उनले जानकारी दिए । ‘संघिय सरकार, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको सहयोगमा विशिष्टिकृत सेवा सहितको १ सय वेड तयार गरिनेछ,’ मन्त्री घिमिरेले भने, ‘निर्माण कार्य धमाधम भैरहेकाले चाँडै सञ्चालनमा ल्याइनेछ ।’

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले निजी क्षेत्रबाट काम सुरु गर्दा छिटो हुने बताए । अक्सिजन सहितको बेड तत्काल आवश्यक भएकाले सरकारी प्रकृयामा ढिलो हुने भएकाले भएकाले निजी क्षेत्रसँगको साझेदारीमा काम सुरु गरिएको पराजुली बताउँछन् ।
नागरिक केयर सेन्टरका संयोजक पवन सारडाले तिहार अगावै बेड सञ्चालनका लागि काम भैरहेको जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ