२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा कोरोनाका कारण एकैदिन १८ जनाको मृत्यु, कुन अस्पतालमा कति ?

काठमाडौं उपत्यकामा कोरोनाका कारण एकैदिन १८ जनाको मृत्यु, कुन अस्पतालमा कति ?


काठमाडौं– कोभिड–१९ (कोरोना)का कारण काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार बेलुका ४ बजेदेखि आइतबार दिउँसो ४ बजेसम्म उपत्यकाका अस्पतालहरुमा १८ जनाको कोभिड संक्रमणका कारण ज्यान गएको हो ।

मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार २४ घण्टाको अवधिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ५ जना, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा २ जना, त्रिवि शिक्षण अस्पतालमा २ जना, युनिफाइड अस्पताल बलम्बुमा २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना, धुम्बाराही स्थित ह्याम्स अस्पतालमा १ जना मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ग्रिनसिटी अस्पताल बसुन्धरा, मेघा अस्पताल, नर्भिक अन्तराष्ट्रिय अस्पताल, काठमाडौ मेडिकल कलेज सिनामंगल र विरेन्द्र सैनिक अस्पताल छाउनीमा १÷१ जनाको मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #१८ जनाको मृत्यु, #कुन अस्पतालमा कति


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ