काठमाडौँ – शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय बमोजिमनै कोभिड-संक्रमितको उपचार भैरहेको जनाएको छ।
सोमबार सूचना जारी गर्दै अस्पतालले आइसियु र आइसोलेसनमा भर्ना हुने विरामीको सशुल्क उपचारसम्बन्धि केहि संचारमाध्यमले नागरिकमा भ्रम सृजना हुने गरी सूचना दिएको भन्दै मन्त्रालयको निर्णय बमोजिमनै कोभिड संक्रमितको उपचार भैरहेको जनाएको हो।
उक्त अस्पतालले भर्ना हुने विपन्न, ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त, एकल, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी समेतको उपचार नि:शुल्क गर्दै आएको बताएको छ।
यस्तै, शुल्क तिर्न सक्ने विरामीको धरौटी रकम बुझाउन पर्ने मन्त्रालयद्वारा आइतबार निर्णय भएको प्रावधानलाई समेत सोमबारबाट कार्यान्यवन नगर्न र नगराउन सबै वार्डलाई पत्राचार गरेको अस्पतालले जानाएको छ। अस्पतालले यसअघि पनि धरौटी अभावमा कुनै पनि विरामीलाई सेवाबाट बन्चित नगरेको जारी सूचनामा उल्लेख गरेको छ।
विना शुल्क संक्रमितको उपचार नै नगरिने दुष्प्रचारबाट मुक्त रहँदै आवश्यक परेको खण्डमा निर्बाधरुपमा सेवा लिन सबैमा अस्पतालले आह्वान समेत गरेको छ ।
