२०८१ असार ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपछिल्लो २४ घन्टामा थप २९३३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप २९३३ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु


काठमाडौं– नेपालमा पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ९ सय ३३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना संक्रमित थपिएका छन् ।

हालसम्म नेपालमा १ लाख ७६ हजार ५ सय जना संक्रमित रहेका छन् भने १ लाख ३७ हजार ९ सय ९२ जनाले संक्रमणलाई जितेका छन् । मन्त्रालयको तथ्यांकअनुसार ९ सय ८४ जनाको मृत्यु भएको छ भने ३७ हजार ५ सय २४ जना सकृय संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ