२०८१ असोज २२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १८७८ सहित थप ३३०९ जनामा संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा १८७८ सहित थप ३३०९ जनामा संक्रमण पुष्टि


काठमाडौं—नेपालमा थप ३ हजार ३  सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय  ९ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा बुधबार मात्र १ हजार ८ सय ७८ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार ५ सय ७०, ललितपुरमा १ सय ८९  र  भक्तपुरमा १ सय १९ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।  हालसम्म कोरोनामुक्त हुने संख्या १ लाख ४४ ह्जार ८ सय ७८ पुगेको छ।

यस्तै, हाल आइसीयुमा ३ सय ७९ जना र भेन्टिलेटरमा ७८ जना संक्रमित छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ