२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ३ हजार ५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

थप ३ हजार ५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष गरेर ३ हजार ५१ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ उपत्यका सबैभन्दा बढी प्रभावित छ। काठमाडौँ उपत्यका ६ सय १ महिला र ७ सय ९७ पुरुष गरेर थप १ हजार ३ सय ९८ जना संक्रमित थपिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् ।  हालसम्म कोरोनामुक्त हुने संख्या १ लाख ४८ ह्जार ४  सय ८ पुगेको छ।

यस्तै, हाल आइसीयुमा ४ सय २८  जना र भेन्टिलेटरमा ७४  जना संक्रमित छन् । भने हाल ३६ हजार ५ सय १४ केस सक्रिय रहेको छ ।

थप १८ जना संक्रमितको निधन 

बिहिबार मात्रै १८ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार ५२ जना पुगेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ