२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारझापास्थित बी एण्ड सी अस्पतालमा क्याथल्याव सेवा सुरु

झापास्थित बी एण्ड सी अस्पतालमा क्याथल्याव सेवा सुरु


काठमाडौं– झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा क्याथल्याव सेवा सुरु भएको छ । अस्पतालले शनिबारबाट मुटु रोगीका लागि सो सेवा सुरु गरेको हो ।

क्याथल्याव सेवा सुरु गर्दै अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले मुटुका बिरामीले उपचारका लागि दिल्ली र काठमाडौं जानुपर्ने बाध्यता हटेको बताए । ‘हामीले २ वर्षभित्र यसै अस्पतालबाट मुटु प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘अब मुटुका बिरामीले उपचारका लागि भारत र काठमाडौंका अस्पताल धाउनुपर्दैन ।’

आजबाट सञ्चालनमा आएको क्याथल्याव मुटु रोगीहरुलाई सहज र गुणस्तरीय सेवा दिने उद्धेश्यले सञ्चालनमा ल्याइएको अस्पतालका मटुरोग विशेषज्ञ डा. उमेश यादवले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ