२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १५३३ जना सहित थप २८१७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा १५३३ जना सहित थप २८१७ जनामा कोरोना संक्रमण


काठमाडौं—नेपालमा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा थप संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा आइतबार मात्र १ हजार ५ सय ३३ जना संक्रमित थपिएका छन् । काठमाडौंमा सबैभन्दा बढी १ हजार २ सय ९४, ललितपुरमा १ सय ६२ र  भक्तपुरमा ७७ जना संक्रमित थपिएका हुन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुने संख्या २ हजार ८ सय १२ जना रहेका छन् । यससँगै नेपालमा १ लाख ९७ हजार ९ सय २६ जना संक्रमित निको भैसकेका छन्।

यस्तै, हाल आइसीयुमा ३ सय ९८ जना र भेन्टिलेटरमा ८२ जना संक्रमित छन् ।

यता, एकैदिन २१ जना संक्रमितले ज्यान गुमाएका छन् । थप २१ सहित नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ८ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ