२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. दामोदर बसौला नियुक्त

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. दामोदर बसौला नियुक्त


काठमाडौं– स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. दामोदर बसौला नियुक्त भएका छन् । बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले डा. बसौलालाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताए ।

बीमा बोर्डको कार्यकारी निर्देशकका लागि ८ जनाको निवेदन परेको थियो । लोक सेवा आयोगका अध्यक्षको संयोजकत्वमा स्वास्थ्य सचिव लक्ष्मण अर्याल र बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी रहेको छनोट समितिले डा. बसौला, डा. कृष्ण अधिकारी र सुदर्शन पौडेलको नाम सिफारिस गरेको थियो ।

‘तीनजना मध्ये बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले डा. दामोदर बसौलालाई बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ,’ मन्त्री ढकालले हेल्थ आवाजसँग भने, ‘मूख्य सचिवबाट प्रमाणिकरण भएको पत्र आइतबार मन्त्रालयमा आइपुगेको छ ।’

भारतकाे सिंघानिया युनिभर्सिटीबाट बीमामा पीएचडी गरेको डा. बसौला पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसका एसोसिएट प्रोफेसर हुन् । सन् २०१६ मा विमाकाे क्लेम सेेेेेेेेेटलमेन्ट  प्राक्टिसमा पीएचडी गरेका उनी २३ वर्षदेखि अध्यापन पेसामा संलग्न रहेका छन् ।

यसअघि पनि बीमा बोर्डको कार्यकारी निर्देशकका लागि उनले निवेदन दिएका थिए । त्यसपटक पनि एक नम्बरमा सिफारिस भएका डा. बसौला मन्त्रीपरिषद्बाट छानिन सकेका थिएनन् । तर, यसपटक भने ४ वर्षका लागि बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. दामोदर बसौला


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ