२०८० मंसीर २३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा १४२८ सहित थप २५७१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा १४२८ सहित थप २५७१ जनामा कोरोना पुष्टि

१८ जना संक्रमितको मृत्यु


काठमाडौं—नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

कोरोना संक्रमणबाट काठमाडौँ जिल्ला सबैभन्दा बढी प्रभावित छ। काठमाडौं उपत्यकामा सोमबार मात्र १ हजार ४ सय २८ जना संक्रमित थपिएका छन् । जसमध्ये ६ सय ३० महिला र ७ सय ९८ पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुने संख्या १ हजार ७ सय ९८ जना रहेका छन् ।

यस्तै, हाल आइसीयुमा ४ सय ११ जना र भेन्टिलेटरमा ८३ जना संक्रमित छन् ।

यता, एकैदिन १८ जना संक्रमितले ज्यान गुमाएका छन् । थप १८ सहित नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय २३ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ