२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यकर्मीको समस्या तत्काल समाधान गर्न माग गर्दै संघको १३ बुँदे ज्ञापनपत्र मन्त्रालयमा पेश

स्वास्थ्यकर्मीको समस्या तत्काल समाधान गर्न माग गर्दै संघको १३ बुँदे ज्ञापनपत्र मन्त्रालयमा पेश


काठमाडौँ –  नेपाल स्वास्थ्यकर्मी संघले कोरोना उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्न माग गर्दै सरकारलाई १३ बुँदे ज्ञापनपत्र बुझाएको छ। संघले यस महामारीको प्रत्यक्ष असर स्वास्थ्यकर्मीमा परेको र उनीहरुको समस्या तत्काल समाधान हुनुपर्ने माग राख्दै गएको आइतबार ज्ञापनपत्र बुझाएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बुझाएको ज्ञापनपत्रमा कोरोना उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई  जोखिम भत्ता नमिल्ने गरी निर्देशिका तयार गरिएको भन्दै जोखिम भत्ताको व्यवस्थापन तत्काल गर्न संघले माग गरेको छ ।

संघले आमनागरिकलाई संक्रमण हुनबाट जोगाउन, उपचार तथा व्यवस्थापन गर्न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई राज्यले सम्बोधन गर्न नसकेको प्रति पटक-पटक ध्यानाकर्षण गराउँदा पनि समस्याको समाधान नभएको भन्दै आपत्ति समेत जनाएको छ ।

यस्तै, स्वास्थ्यकर्मीका विमा भुक्तानी सहज गराउन पर्ने, ज्यान जोखिममा परेका स्वास्थ्यकर्मीका परिवारलाई राहतको विशेष व्यवस्था हुनु पर्ने, स्वास्थ्यकर्मीका लागि छुटै आइसोलेसन र अस्पतालको व्यवस्थापन हुनुपर्ने संघको  माग ज्ञापनपत्रमा उल्लेख छ ।

यसको साथै संघले समग्र स्वास्थ्यकर्मीको उच्चमनोबलका साथ सेवामा तल्लिन रहने वातावरण बनाई स्वास्थ्यकर्मीको सुरक्षामा संवेदनशिलता देखाउन समेत पत्रमार्फत आग्रह गरेको छ।

यस्तो छ संघद्वारा मन्त्रालयमा पेश भएका १३ बुँदे माग सहितको ज्ञापनपत्र :

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ