२०८० मंसीर १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना परीक्षण र संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने सरकारको निर्णय

कोरोना परीक्षण र संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने सरकारको निर्णय


काठमाडौं– सरकारले सरकारी अस्पतालबाट कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले हेल्थ आवाजलाई बताए ।

‘कोरोना परीक्षण र कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको छ,’ मन्त्री ढकालले भने, ‘अब डेडिकेटेड अस्पताल तथा ल्याबहरुमा यो निर्णय लागू हुन्छ ।’

यसअघि सरकारले कोरोना परीक्षणका लागि २ हजार रुपैयाँ शुल्क तोकेको थियो । साथै केही समय अघि सरकारले कोरोना संक्रमितको उपचार संक्रमित आफैंले गर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णय पश्चात् सरकारको चर्को आलोचना भएको थियो । अझै कतिपय निजी तथा सरकारी अस्पतालले काेराेना संक्रमितकाे उपचारमा लाग्ने खर्चकाे दररेट नै सार्वजनिक गरेका थिए ।

यस्तै सर्वोच्च अदालतले पनि असोज १५ गते कोरोना परीक्षण र संक्रमितको उपचार निःशुल्क गर्न आदेश दिएको थियो । सर्वोच्चको यो आदेश आएसँगै सरकारले पुनरावेदनका लागि निवेदन दिएको थियो । उक्त निवेदन खारेजभएसँगै सरकारले यो निर्णय गरेको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ