२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहामी थाक्यौं तर कोरोना अझै थाकेन : डब्ल्यूएचओ

हामी थाक्यौं तर कोरोना अझै थाकेन : डब्ल्यूएचओ


कोरोना महामारीको बढ्दो केसका कारण कयौं देशमा पुन लकडाउन गरिएको छ। जबकी अहिलेसम्म पनि कोरोनाविरुद्ध खोप बन्न भने सकेको छैन। यता, गएको सोमबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस अडानोम गेब्रियससले कोरोनालाई लिएर विश्वलाई झकझकाएका छन्।

डब्ल्यूएचओको वार्षिक सभामा बोल्दै टेड्रोसले भने, ‘भाइरसको खतराबाट सतर्क रहौं, हामी बरु कोरोनासँग लडेर थाकीसक्यौं तर यो भाइरस अझै थाकेन।’ कोरोनाले कमजोर मानिसलाई आफ्नो शिकार बनाउने उनले बताए।

उक्त सभामा उनले नयाँ अमेरिकी राष्ट्रपति जो बाइडनको समर्थन गरेका छन् । महामारी समाप्त गर्नको लागि राष्ट्रपति बाइडनबाट वैश्विक सहयोग मिल्ने उनले आशा समेत व्यक्त गरेका छन्।

‘न त हामी सो भाइरससँग कुराकानी गर्न सक्छौं न आफ्नो आँखा बन्द गरेर बस्न सक्छौं र आशा गर्छौंकी यो छिटै हटोस्।’ ,उनले भने। यसको समाधानको लागि एकजुट हुनु आवश्यक रहेको उनको भनाई छ।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ