२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २७३६ जनामा कोरोना पुष्टि, ९६ संक्रमित भेन्टिलेटरमा

थप २७३६ जनामा कोरोना पुष्टि, ९६ संक्रमित भेन्टिलेटरमा


काठमाडौं—नेपालमा थप २ हजार ७  सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५९ महिला र १ हजार ६ सय ७७ पुरुष सहित थप २ हजार ७  सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

काठमाडौं उपत्यकामा मंगलबार मात्र १ हजार ४ सय २० जना संक्रमित थपिएका छन् । जसमध्ये ६ सय ३ महिला र ८  सय १७ पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुने संख्या ८ हजार ५३ जना रहेका छन् । हाल आइसीयुमा ४ सय ४  जना र भेन्टिलेटरमा ९६  जना संक्रमित छन् ।

यता, एकैदिन २२  जना संक्रमितले ज्यान गुमाएका छन् । थप २२ सहित नेपालमा मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ४८  रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ