२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमाका १४ वटा वडामा सरकारी स्वास्थ्य संस्था, स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र

तिलोत्तमाका १४ वटा वडामा सरकारी स्वास्थ्य संस्था, स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र


बुटवल– तिलोत्तमा नगरपालिकाका १४ वटा वडामा सरकारी स्वास्थ्य संस्था संचालनमा आएका छन् । नगरसभाद्धारा पारित नीति तथा कार्यक्रम अनुसार चालू आर्थिक वर्षमा नगरपालिकले सवै वडामा स्वास्थ्य संस्था पुराउने लक्ष्य लिएको छ ।

वडा नं. ९ मा मंगलवारबाट सञ्चालनमा आएको स्वास्थ्य संस्थासँगै नगरपालिका अब ३ वटा वडामा मात्र स्वस्थय संस्था पुग्न बाँकी छ ।

हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्माले बताए । स्वास्थ्य केन्द्रको आफ्नै सुविधासम्पन्न भवनहरु समेत निर्माण भैरहेको छ ।

हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, ९, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । अब वडा नम्वर ५ र १३ र १५ मा स्वास्थ्य संस्था पुग्न बाँकी छ । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमैं पुर्याउने सरकारी नीतिअनुरुप नै हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याइएको शर्माको भनाई छ ।

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध हुनेछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ