काठमाडौं—योग प्रेमी परिवार नेपालको काठमाडौंमा सम्पन्न प्रथम साधरणसभाले खेटराज मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
योग प्रेमी परिवार नेपालको केन्द्रिय कार्यालय कपनमा भएको साधारणसभाले उपाध्यक्षमा उद्धवप्रसाद दाहाल र महासचिवमा भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको हो । सोही साधारणसभाले मुकुन्द बोगटीलाई सचिवमा, निरकुमारी भट्टराईलाई कोषाध्यक्षमा र सुनोज श्रेष्ठलाई सह—कोषाध्यक्षमा निर्वाचित गरेको छ ।
कोरोना संक्रमणको कारण योग प्रेमी परिवार नेपालले पहिलो साधारणसभा केन्द्रिय कार्यालय र जूम अनलाइनमार्फत् सम्पन्न गरेको थियो । उक्त साधारण सभाले वीरबहादुर थापा, अनिता रेग्मी, रेशम पण्डित र सावित्री लामिछानेलाई केन्द्रिय सदस्यको रुपमा निर्वाचित गरेको छ ।
योग प्रेमी परिवार नेपालका संरक्षक योग शिक्षक भानुभक्त दाहालको संयोजकत्वमा भएको साधारणसभाले प्रदेश र जिल्ला स्तरिया समितीको गठन र निर्वाचन गरेको छ ।
निर्वाचित पदाधिकारीहरुमा प्रदेश नम्बर एकको अध्यक्षमा वासुदेव काफ्ले निर्वाचित भएका छन् भने उक्त समितिमा सुरेन्द्रराज काफ्ले, अमृता नेपाली र नवीन ढुगेंल रहेका छन् । यसैगरी बाग्मती प्रदेशको अध्यक्षमा प्रदिप डंगोल निर्वाचित भएका छन् भने उक्त समितिमा कमल अर्याल, विवस विलास पाठक र सविता न्यौपाने रहेका छन् ।
प्रथम साधारणसभाले गण्डकी प्रदेशको अध्यक्षमा यमबहादुर थापालाई निर्वाचित गरेको छ भने उक्त प्रदेशको सदस्यमा छविलाल लामिछाने र डा. प्रकाश रेग्मी रहेका छन् । यसैगरी कर्णाली प्रदेशको अध्यक्षमा टंकबहादुर थापा अध्यक्षको रुपमा निर्वाचित भएका छन् । उक्त समितिमा सन्तोस पाण्डे सदस्यको रुपमा रहेका छन् ।
प्रथम साधारणसभाले काठमाडौं जिल्ला समितिको पनि निर्वाचन गरेको छ । उक्त समितिमा मन्दिरा शाही अध्यक्ष निर्वाचित भएकी छन् । उक्त समितिमा रविप्रसाद पौडेल, प्रमिता खनाल, शान्तिदेवी कँडेल, सुमन मैनाली, दिपा गुरुङ, सरस्वती न्यौपाने र बिनु केसी रहेका छन् ।
यसैगरी बुढानीलकण्ठ नगरपालिकामा पुष्पा थापा खड्काको संयोजकत्वमा रेवती श्रेष्ठ, सिता अधिकारी भट्टराई, सावित्रा कार्की, सुशीलादेवी भट्टराई, दयानिधि सापकोटा, शुभ श्रेष्ठ, गीता बिष्ट र कविता थापा सदस्यको रुपमा रहेका छन् ।
प्रथम साधारण सभाबाट निर्वाचित भएका सबै पदाधिकारीहरुलाई योग प्रेमि परिवार नेपालका प्रमुख संरक्षक डा. हरिप्रसाद पोखरेल ९मानसाग्नी० ले शपथ ग्रहण गराएका थिए ।