२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १९१३ जनामा कोरोना पुष्टि, ८७ जना संक्रमित भेन्टिलेटरमा

थप १९१३ जनामा कोरोना पुष्टि, ८७ जना संक्रमित भेन्टिलेटरमा


काठमाडौं—नेपालमा थप १ हजार ९  सय १३  जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबारमात्र  १० हजार २२ जनाको पिसिआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा २ हजार २ सय ४९ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६४ हजार ५९२ जना निको भएका छन्। यस्तै, मन्त्रालयको तथ्यांक अनुसार ८७ जना भेन्टिलेटरमा र ३ सय ७३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

यस्तै, देशभर ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ