२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल स्त्री तथा प्रसुती रोग विशेषज्ञ समाजको अध्यक्षमा प्रा.डा. गणेश, बरिष्ठ उपाध्यक्षमा डा. सरोजा

नेपाल स्त्री तथा प्रसुती रोग विशेषज्ञ समाजको अध्यक्षमा प्रा.डा. गणेश, बरिष्ठ उपाध्यक्षमा डा. सरोजा


काठमाडौं—नेपाल स्त्री तथा प्रसुती रोग विशेषज्ञ समाज (नेसोग)को १७ औं कार्यसमितिबाट अध्यक्षमा प्रा.डा. गणेश दंगाल चयन भएका छन् । समाजको बरिष्ठ उपाध्यक्ष रहेका उनी स्वतः अध्यक्ष भएका छन् ।

समाजको विधानमा बरिष्ठ उपाध्यक्ष निर्वाचित व्यक्ति अर्को कार्यकालको स्वतः अध्यक्ष हुने प्रावधान छ । यस्तै, भावि अध्यक्षका लागि समाजको बरिष्ठ उपाध्यक्षमा डा. सरोजा कार्की पाण्डे विजयी भएकी छन् । बिहीबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी डा. गेहनाथ बराललाई १ सय २३ मतान्तरले पराजित गर्दै बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

डा. बरालले १५१ मत प्राप्त गरे भने डा. पाण्डेले २७४ मत प्राप्त गरिन् । यस्तै, समाजको उपाध्यक्षमा डा. पदमराज पन्त विजयी भए । पन्तले २७० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी डा. चन्दा श्रीवास्तवले १६० मत ल्याइन् ।

यस्तै, महासचिवमा डा. यमप्रसाद द्वा र सहमहासचिवमा डा. सपना (अमात्य) वैद्य निर्विरोध निर्वाचित भए ।

सामाजिक, सांस्कृतिक वैज्ञानिक सचिवमा डा. स्मृति मास्के, सामाजिक सांस्कृतिक वैज्ञानिक सह—सचविमा डा. ऋजुता जोशी, कोषाध्यक्षमा डा. सन्देश पौडेल र सह—कोषाध्यक्षमा डा. ज्योत्सना शर्मा पनि निर्विरोध भए ।

कार्यसमितिका ६ जना सदस्यहरुमा क्रमसः डा. अतित पौडेल, डा. आश्मा श्रेष्ठ, डा. कीर्तिपाल सुवेदी, डा. श्रीप्रसाद अधिकारी, डा. पुजा पौडेल र डा. स्निग्धा राई निर्विरोध चयन भए ।

समाजका कार्यसमितिका लागि अनलाइनमार्फत मतदान भएको थियो । निर्वाचन समितिकाअनुसार ७७ प्रतिशत मतदान भएको थियो । समाजमा मतदाता संख्या ५६४ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ