२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार‘आयुर्वेद चिकित्सकको सल्लाहमा मात्रै आयुर्वेद औषधीको सेवन गरौँ’

‘आयुर्वेद चिकित्सकको सल्लाहमा मात्रै आयुर्वेद औषधीको सेवन गरौँ’


काठमाडौँ –  आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै आयुर्वेद औषधीको प्रयोग गर्न सुझाएको  छ । राष्ट्रिय आरोग्य तथा धवन्तरी दिवस–२०७७ को अवसरमा बिहिबार सम्पन्न भएको पत्रकार अन्र्तक्रिया कार्यक्रमको अवसरमा विभागले आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै आयुर्वेद औषधिको सेवन गर्न सुझाएको हो ।

विश्वभर फैलिरहेको कोभिड-१९ महामारीबाट बच्नका निम्ति आयुर्वेद औषधिको सेवन तथा स्वास्थ्यवृत्तका नियम पालना गर्दा रोग विरुद्ध लड्न सक्ने क्षमताको वृद्धि हुने सम्भावना रहेता पनि यसका लागि भने चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह अनिवार्य रुपमा लिनुपर्ने कुरामा विभागले जोड दिएको हो ।

कार्यक्रममा बोल्दै विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले भने, ‘समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक पार्नका लागि प्रत्येक नागरिकले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ लाई मनन गरौँ ।’

यस्तै. वैज्ञानिक अनुसन्धानद्धारा निर्मित जडिबुटि औषधि प्रभावकारी रहेको भन्दै यस विधामा टेवा पु¥याउन तथा यस क्षेत्रअन्र्तगत कार्यरत चिकित्सक एवम् स्वास्थ्यकर्मीको दक्षता अभिवृद्धिका लागि अबका दिनमा थप अनुसन्धान तथा अध्ययनमा समेत विभागले जोड दिने बताइएको छ ।

प्रत्येक वर्ष मनाइदै आएको राष्ट्रिय आरोग्य तथा धवन्तरी दिवस यसपटक भने भोलि शुक्रबारका दिन देशभर मनाइदै छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ