२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगरको ल्याबमा कोरोना परीक्षण, एउटामा पोजेटिभ अर्कोमा नेगेटिभ

विराटनगरको ल्याबमा कोरोना परीक्षण, एउटामा पोजेटिभ अर्कोमा नेगेटिभ

फरक रिपोर्ट आएपछि मानसिक तनावमा


विराटनगर – विराटनगरका दुइटा प्रयोगशालाले कोरोना परीक्षणको एकै व्यक्तिको रिपोर्ट फरक–फरक दिएको पाइएको छ ।एकैदिन गरिएको परीक्षणमा विराटनगरको विराट टिचिङ हस्पिटलको ल्याब र बी सियोर ल्याबको रिपोर्ट फरक–फरक आएको पाइएको हो ।

दुइवटा प्रयोगशालाले एकै व्यक्तिको फरकरफरक रिपोर्ट दिएपछि मानिसहरू तनावमा छन् । मोरङ बुढीगंगा गाउँपालिकाका ४ हात्तिमुढाका ४३ वर्षिय उपेन्द्र कुमार रायको स्वाब परीक्षणको रिपोर्ट एउटामा पोजिटिभ र अर्कोमा नेगेटिभ आएको छ । रायलाई गत कार्तिक २ गते ज्वरो र टाउँको दुखेपछि त्यसको भोलिपल्ट ४ कार्तिकमा विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा गएर कोरोना परीक्षणको लागि स्वाब दिएका थिए ।

स्वाब दिएको तीन दिनपछि उनको रिपोर्ट पोजेटिभ आयो । संक्रमण पुष्टि भएपछि उनी होमआइसोलेसनमा बसे । स्वास्थ्य अवस्था सामान्य भएपछि होमआइसोलेशनमा बसेको ११ दिनपछि रायले १७ कार्तिकमा विराट टिचिङ्गको ल्याबमा दिएको स्वाब परीक्षणको रिपोट १८ कार्तिकमा पुनः पोजेटिभ रिपोट आयो । उनको स्वाब नमूना नम्बर ५४४५ रहेको छ । विराटको ल्याबले दिएको रिपोर्टमा रायको सिटी भ्यालु ३२ देखाएको छ ।

११ दिन होम आइसोलेनमा बसेर गराएको परीक्षणमा पोजेटिभ देखाएपछि त्यसको एक सातापछि विराट टिचिङ्ग हस्पिटलको ल्याबमा गएर २५ कार्तिकमा स्वाब दिए । स्वाब दिएको पाँच घण्टापछि रिपोट पुनः पोजेटिभ देखायो ।

दोस्रो पटक आएको रिपोर्टमा सिटी भ्यालु झन घटेको देखाएको छ । ६५८३ स्वाब नमूना नम्बर रहेको रायको तेस्रोपटक गराएको रिपोर्टमा  २७ सिटी भ्यालु रहेको छ । स्वास्थ्यमा कुनै समस्या नभएको उनलाई तस्रोपटक विराटमा आएको रिपोर्टमा शंका लागेर केही दिन अगाडी विराटनगर ४ बरगाछीस्थित संचालनमा आएको बी सियोर ल्याबमा गएर २५ कार्तिकमा स्वाब दिएका थिए । सोहीदिन बी सियोर ल्याबमा आएको रिपोर्ट नेगेटिभ आयो ।

दोस्रोपटक पुन संक्रमण देखिएपछि एक सातापछि स्वास्थ्यमा कुनै समस्या नभएपछि परीक्षण गर्न विराट मेडिकल कलेजको ल्याबमा गएका थिए,’ उनले भने, ‘तेस्रोपटक गराएको रिपोर्टमा पनि कोरोना संक्रमण देखायो । स्वास्थ्यमा मलाई त्यस्तै कुनै समस्या भएको छैन । गलत रिपोर्ट दिएजस्तो लागेपछि बी सियोर ल्याबमा गए । त्यहाँ नेगेटिभ देखाएको छ । अहिले म अन्यौलमा छु ।’

पिसिआर परीक्षणको लागि सरकारले अनुमति दिएका दुइवटा प्रयोगशालाको रिपोर्ट फरक-फरक आएपछि झन् जोखिम बढेको छ । रिपोर्ट फरक आएकोले आइसोलेसन बस्ने कि नबस्ने अन्यौलमा परेको परीक्षण गराउने व्यक्तिहरू बताउँछन् ।

माइक्रोबायोलोजिष्ट विवेक तिम्सिनाले स्वाब संकलन गरेको समय, प्रकृया र परीक्षण गर्ने किटको आधारमा पनि कहिलेकाहीँ प्रयोगशालाहरूमा फरकरफरक रिपोर्ट आउन सक्ने बताए ।

‘घाँटी र नाकबाट लिने स्वाबको स्याम्पल लिएपछि क्वालिटी टेस्ट गरिनु पर्दछ । इन्ट्रनल कन्ट्रोल (आइसी) आउनुपर्दछ । कतिपयले स्याम्पल भएको सेल प्रयोग गर्दछन् । कतिपयले बाहिर आइसी मिसाएर टेस्ट गर्दछन्,’माइक्रोबायोलोजिष्ट तिमलसिना भने, ‘स्याम्पल भएको आइसीको प्रयोग नगरेर बाहिरबाट हाल्यो भने रिपोट गलत आउने गरेको छ ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ