२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य प्रतिष्ठानमा थपियो दुई थान भन्टिलेटर

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा थपियो दुई थान भन्टिलेटर


जुम्ला – पश्चिम नेपालकै ठुलो अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दुई थान भेन्टिलेटर थपिएको छ । नेपाल सरकार स्वास्थ्य सेवा विभागले प्रतिष्ठानलाई दुई थान भेन्टिलेटर उपलब्ध गराएको हो ।

प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलका अनुसार स्वास्थ्य सेवा विभागले दुई थान पोर्टल भेन्टिलेटर उपलब्ध गराएको हो । यसैगरी सरकारले दुई थान भेन्टिलेटर थपेपछि थप सजिलो भएको प्रतिष्ठानका अस्पताल निर्देशक डा रावलले जानकारी दिए । पहिलो प्रतिष्ठानमा १० थान आइसियू र ६ थान भेन्टिलेटर थिए ।

अब मन्त्रालयले दुई थान भेन्टिलेटर थपेपछि ८ थान भेन्टिलेटर भएका छन् । अझै दुई थान भेन्टिलेटर नेपाल सरकारले प्रतिष्ठानलाई उपलब्ध गराउने छ, ‘उनले भने ।

कोरोना संक्रमणको लक्ष्यण सहितका विरामी जुम्लामा बढ्नसक्ने भन्दै यस अघि जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले भेन्टिलेटर माग गरेको थियो । अहिलेसम्म भने कोरोनाका विरामी भेन्टिलेटरमा राख्नु नपरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले २७ हजार चार सय ७० जनाको कोरोना परीक्षण गरेको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ