२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप २१११ जनामा कोरोना पुष्टि, ८७ संक्रमित विरामी भेन्टिलेटरमा

थप २१११ जनामा कोरोना पुष्टि, ८७ संक्रमित विरामी भेन्टिलेटरमा


काठमाडौं—नेपालमा थप २ हजार १ सय ११ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ११  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शुक्रबारमात्र ९ हजार ५ सय ३३ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १६ लाख ८ हजार १ सय २९ पुगेको छ ।

यस्तै, हाल आइसीयुमा ३ सय ८७ जना र ८७ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

थप १३ जना संक्रमितको मृत्यु 

थप १३ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो तथ्याँकअनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय २ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ