२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वयंसेवीको रगतमा मनपरी शुल्क, एक प्याकको २५ सय ७० रूपैयाँसम्म असुल्छन्

स्वयंसेवीको रगतमा मनपरी शुल्क, एक प्याकको २५ सय ७० रूपैयाँसम्म असुल्छन्


काठमाडौं—देशभर रातो रगतको अभाव भएका बेला स्वयंसेवी रक्तदाताको रगतमाथि अस्पतालहरुले मनपरी शुल्क लिइरहेका छन् । रगतको कुनै पनि मुल्य नहुने र पीडितलाई निःशुल्क वितरण गर्नुपर्ने नीति राज्यको छ । तर, उक्त नीति विपरित देशैभरका रक्तसञ्चार केन्द्र र अस्पतालमा संचालित रक्त सञ्चार सेवाले मनपरी शुल्क लिइरहेका छन् ।

नेपाल स्वयंमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्मचार्य नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तथा उपशाखाले समेत रगतमा ठगी गरिरहेको बताउँछन् । उनका अनुसार सरकारीदेखि निजीसम्मले मनोमानी ढंगले स्वयंसेवी रक्तदाताको रगत र रगतबाट तयार पारिएका रक्त तत्वहरूको खुलेआम बिक्री–वितरण गरिरहेका छन् ।

अधिकारीहरुकाअनुसार रक्त संचारक सेवा संचालनको अनुमति दिने र खारेज गर्ने जिम्मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हो । तर, उसले यस बिषयमा चासो नदेखाएको स्वयंमसेवी रक्तदाताहरु बताउँछन् । दानस्वरुप आएको एक युनिट रगतको सबैभन्दा सस्तो मुल्य ४ सय ९५ छ भने महंगो जानकारी भएसम्म २५ सय ७० रुपैयाँसम्म छ । एक युनिट रगतको मुल्य काठमाडौं केन्द्रीय रक्त सञ्चार सेवामा चार सय ९५ छ भने अन्तर्राष्ट्रिय मैत्री बाल अस्पतालमा २ हजार ५ सय ७० रुपैयाँ छ ।

स्वयंसेवी रक्तदाताको रगतमाथि सरकारी तथा निजी रक्त सञ्चार सेवाले लुट मच्चाउन थालेको अध्यक्ष कर्मचार्यको आरोप छ । ‘रगतको मूल स्रोत भनेकै स्वयंसेवी रक्तदाताहरू हुन् । तर, उनीहरुको निःशुल्क रगतलाई महंगोमा बेचेर आफ्ना कर्मचारी पाल्ने मुख्य आम्दानीको स्रोतका रुपमा रगतलाई लिन थालिएको छ,’ उनले भने । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार रक्त सञ्चार सेवा हाल ७३ जिल्लाका एक सय १६ स्थानमा छ ।

नेपाल स्वयंमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यका अनुसार एक युनिट रगतको मुल्य ललितपुरमा पाँच सय ७०, काठमाडौं केन्द्रीय रक्त सञ्चार सेवामा चार सय ९५ सम्म, भक्तपुरमा पाँच सय आठदेखि आठ सय ४० सम्म छ ।

गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ६ सय, वीर अस्पतालमा पाँच सय ५०, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ९ सय २५, मनमोहन मेमोरियल शिक्षण अस्पतालमा सात सय ५०, पाटन अस्पतालमा ६ सय, नोबेल अस्पताल सिनामंगल पाँच सय ३० देखि ६ सयसम्म, परोपकार प्रसूतिगृहमा चार सय ३५ देखि पाँच सय ५५ सम्म, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा दुई हजार, मेडिसिटी अस्पताल दुई हजार, अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल २ हजार ५ सय ७०, हिमाल रक्त सञ्चार सेवामा एक हजार रुपैयाँ छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ