काठमाडौं—नेपालमा थप १ हजार ४ सय ४२ जनामा कोरोना भाइरस (कोभिड—१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १०३८ जनामा कोरोना संक्रमण पाइएको छ ।
यससँगै नेपालमा हालसम्म २ लाख १२ हजार ९ सय १७ केस पुगेको छ ।
बुधबारमात्र ६ हजार ७ सय ३१ जनाको पिसिआर परीक्षण भएको हो ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १८ लाख २ हजार ७ सय ८० पुगेको छ ।
यस्तै, हाल आइसीयुमा ३ सय २६ जना र ५४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।
थप १२ जना संक्रमितको मृत्यु
थप १३ जना संक्रमितको मृत्यु भएको छ । पछिल्लो तथ्याँकअनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।