२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १२ संक्रमितको मृत्यु, ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

थप १२ संक्रमितको मृत्यु, ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौं – पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार १२ जना सहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ५९ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा आइसीयुमा ३ सय २६  जना उपचाररत छन् । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १ सय १९ जना, प्रदेश १ मा ४९ जना, प्रदेश २ मा १० जना, गण्डकी प्रदेशमा ७९ जना, लुम्बिनीमा ५५ जना कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनाको उपचार भैरहेको छ ।

यता, भेन्टिलेटरमा भने बागमतीका २९ जना, गण्डकी प्रदेशमा १२ जना, प्रदेश २मा  २ जना, प्रदेश १मा ७ जना, लुम्बिनी प्रदेशमा ४ जना गरेर ५४ जना संक्रमित उपचाररत छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ