×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारब्रेन एन्युरिज्मबाट पत्रकार गौतमको निधन

ब्रेन एन्युरिज्मबाट पत्रकार गौतमको निधन


काठमाडौं– ब्रेन एन्युरिज्मका कारण पत्रकार गोकर्ण गौतमको निधन भएको छ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारका क्रममा बिहिबार उनको निधन भएको अस्पतालले जनाएको छ ।

ब्रेन एन्युरिज्म भएर सोमबार अस्पताल भर्ना भएका गौतमको इन्डो भास्कुलर विधिबाट शल्यक्रिया गर्नेक्रममा निधन भएको उपचारमा संलग्न चिकित्सक डा. सुवास फुयाँलले जानकारी दिए ।

गौतम हाल कान्तिपुर दैनिकमा कार्यरत थिए । यसअघि उनले न्यु पेपर, देशान्तर र नेपाल म्यागजिनमा काम गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस