२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहुम्लामा एकै विद्यालयका ५६ जनामा कोरोना पुष्टि, जिल्लाभरका शैक्षिक संस्था बन्द

हुम्लामा एकै विद्यालयका ५६ जनामा कोरोना पुष्टि, जिल्लाभरका शैक्षिक संस्था बन्द


हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयमा ५६ जनामा कोरोना संक्रमण देखिएपछि  जिल्लाभरका शैक्षिक संस्था बिहिबारबाट बन्द गरिएको छ । बढ्दै गरेको संक्रमणलाई मध्येनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणको लागि गएको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।

संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मङ्सिर ४ गतेदेखि जिल्लाका सातवटै स्थानीय तहमा रहेका सबै शैक्षिक संस्थामा अर्को व्यवस्था नहुँदासम्मका लागि पठनपाठन बन्द गरिने निर्णय भएको हो  ।

यसको साथै बैैैैैैठकले जिल्ला बाहिरबाट प्रवेशमा रोक लगाउनुका साथै अन्तरपालिका आवतजावतमा समेत कडाइ गरिने भएको छ।

यता, नाम्खा र सिमकोट गाउँपालिकामा आवतजावतमा तीन दिनका लागि बन्द गर्ने बैैैैैैठकले निर्णय गरेको छ । उत्तरी नाम्खा गाउँपालिकामा पाँच दिनको अवधिमा ५६ कोरोना सङ्क्रमित भेटिएपछि जिल्ला कोभिड–१९ व्यवस्थापन समिति तातिएको छ ।

नाम्खा गाउँपालिकामा कोरोना सङ्क्रमणको दर बढ्दो क्रममा रहेकाले यसको नियन्त्रण तथा रोकथाममा लागि स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाका सातवटै स्थानीय तहसँग समन्वय गरेर परीक्षणको दायरालाई बढाउनुका साथै भीडभाड बढी हुने र सम्पर्कमा आउने व्यक्तिलाई प्राथमिकताका साथ परीक्षण गर्ने भएको हो ।

व्यावस्थापन समितिकाे बैठकले १६ बुँदे निर्णय पारित गरेको छ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ