×
२०७७ मंसीर ७, आईतबार
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारथप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै


काठमाडौँ – नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा  थप १ हजार ९ सय ४५ जनामा कोरोना पुष्टि भएको हो ।
शुक्रबारमात्रै १० हजार ३ सय ४० वटा पिसिआर परीक्षण भएको छ।  यससँगै नेपालमा संक्रमित हुने संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
यता,  पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म गरेर १ लाख ९१ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भैसकेका छन् ।
यस्तै, हाल ६३ संक्रमितको  भेन्टिलेटरमा र ४ सय ३ संक्रमितको आइसीयुमा उपचार भैरहेको छ


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस