२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछानविन समितिको सिफारिस : विदेश जानेको पिसिआरको बायोमेट्रिक सिस्टममा रेकर्ड राख्न सुझाव

छानविन समितिको सिफारिस : विदेश जानेको पिसिआरको बायोमेट्रिक सिस्टममा रेकर्ड राख्न सुझाव


काठमाडौं–नेपालका ल्याबमा पिसिआर परीक्षण गरी विदेश जाने मानिसको कोभिड—१९ को फल्स रिपोर्ट आएको विषयमा छानविन गर्न बनेको समितिले विदेश जाने व्यक्तिको पिसिआर जाँच गर्ने ल्यावले अनिवार्य बायोमेट्रिक सिस्टममा रेकर्ड राख्नुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार बनाएको छानविन समितिले शुक्रबार साँझ प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा नियोजित रुपमा फल्स रिपोर्ट दिएको नपाइएको उल्लेख गरिएको छ । छानविन समितिका एक सदस्यले हेल्थ आवाजलाई दिएको जानकारीअनुसार पिसिआर फल्स रिपोर्ट दिइएका भनिएका सबै रिपोर्टलाई रेकर्डसँग दाँजेर अध्ययन गर्दा गल्ती पाइएको छैन ।

तर, पिसिआर परीक्षण गरेका भनिएका व्यक्तिहरुको बायोमेट्रिक रेकर्ड नहुँदा त्यही व्यक्तिको परिक्षण गराएको हो वा अरुकै पिसिआर गरेर फरक मानिस विदेश उडेको हो भन्ने कुरा भने पत्ता लगाउन नसकिएको उनको भनाइ छ । ‘परीक्षण नै नगरी रिपोर्ट दिएको हो भन्ने कुरा गलत हो,’ उनले भने, ‘तर, परिक्षण गरिएको भनिएकै व्यक्तिको स्वाव लिइएको थियो थिएन भन्ने कुरा चाहिँ छुट्याउन गाह्रो भयो । त्यसैले अबदेखि विदेश जानेहरुको परीक्षण गर्दा बायोमेट्रिक सिस्टममा रिपोर्ट राख्न सुझाव दिएका छौं ।’

नेपालमा कोरोनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएर विदेश गएका हरुमा त्यहाँ जाँच गर्दा पोजेटीभ देखिएपछि केही देशले नेपालबाट हुने धेरै उडान रद्ध गरेका छन् भने केहीले प्रश्न उठाएका थिए ।

नेपाल एयरलाइन्सले ह्याम्स अस्पताल पिसिआर ल्याव, स्टार अस्पताल पिसिआर ल्याव, सुर्या हेल्थ केयर पिसिआर ल्याव र सेन्टर डाइग्नोष्टीक पिसिआर ल्यावबाट परिक्षण गरी उडेका व्यक्तिमा विदेशमा पुनः जाँच गर्दा पोजेटीभ देखिएको भन्दै छानविन गरिदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो ।

सोही पत्रका आधारमा मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी चिफ कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. मुकुन्दा शर्मा, इडिसिडीका डा. अमृत पोखरेल र बलराम गौतम रहेको तीन सदस्य रहेको छानविन समिति बनाएको थियो ।

सो कमिटीले शुक्रबार नै मन्त्रालयमा प्रतिवेदन बुझाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ