२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा ९५७ सहित थपिए १६६९ जना संक्रमित

काठमाडौँ उपत्यकामा ९५७ सहित थपिए १६६९ जना संक्रमित


काठमाडौँ – नेपालमा थप १ हजार ६ सय ६९ कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा  थप १ हजार ६ सय ६९ जनामा कोरोना पुष्टि भएको हो ।

आइतबारमात्रै ८ हजार ३२ जनाको पिसिआर परीक्षण भएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा  काठमाडौँ उपत्यकामा थप ९ सय ५७ जनामा कोरोना संक्रमण पाइएको छ । काठमाडौँमा सबैभन्दा बढी ७ सय ३३, ललितपुरमा १ सय ३१ र भक्तपुरमा ५३ जना संक्रमित थपिएका छन् ।

यता,  पछिल्लो २४ घण्टामा थप ५ हजार ६ सय ९९  जना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म गरेर १ लाख ९९ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भैसकेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १९ हजार ९ सय ६३ रहेको छ । अहिले आइसीयुमा ३ सय ५९ जना र ६६ जना संक्रमितको  भेन्टिलेटरमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ