२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोरङको बुढीगंगामा पाँच शैय्याको कोभिड अस्पताल संचालनमा

मोरङको बुढीगंगामा पाँच शैय्याको कोभिड अस्पताल संचालनमा


विराटनगर—मोरङको बूढीगंगा गाउँपालिकाले पाँच शैय्याको अस्थायी कोभिड अस्पताल संचालनमा ल्याएको छ । कोरोना संक्रमतिको उपचारको लागि गाउँपालिकाले आइतबारदेखि कोभिड अस्पताल संचालनमा ल्याएको हो ।

बुढीगंगा–३ स्थित कमलावती–गोवर्धन दास स्वास्थ्य चौकी भवनमा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले कोभिड अस्पतालको उद्घाटन गरेका छन् । नेपाल सरकारले सुरू गरेको ‘एक स्थानीय तह, एक कोभिड अस्पताल’ को अवधारणा अन्तर्गत गाउँपालिकाले अक्सिजन समेतको व्यवस्था गरी कोभिड अस्पताल सुरू गरेको हो ।

संघीय सरकारबाट अनुदान प्राप्त १० लाख रूपैयाँले अस्पतालका लागि आवश्यक औषधि र बेड खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरूबल्लभ बरालले बताए । प्रदेश १ को राजधानी रहेको सहर विराटनगर महानगरपालिकासँग सिमा जोडिएको यो गाउँपालिका संक्रमितको संख्या उच्च छ । गाउँपालिका भित्रका संक्रमितको कोभिड अस्पतालमा राखेर उपचार गरिने उनले बताए । पछिल्लो समय संक्रमितको संख्या बढदै गएकोले गाउँपालिकाको अस्पताललाई १० बेडसम्ममा विस्तार गर्न तयारी पनि सुरू गरिने बताइएको छ ।

गाउँपालिका जनस्वास्थ्य शाखा प्रमुख बासुदेव रेग्मीले हालसम्म गाउँपालिकामा चार सय जनामा कोरोनाको संक्रमण पुष्टि भएको र पाँच जनाको मृत्यु भइसकेको जानकारी दिए । होम आइसोलेसनमा बस्न नसक्ने मध्यम खालको लक्षण भएका संक्रमितहरूले कोभिड अस्पतालमा ल्याएर उपचार गरिने उनले बताए ।

कोभिड अस्पतालमा बिरामीको उपचारको लागि एक जना चिकित्सक र दुई जना स्टाफ नर्स करारमा गाउँपालिकाले नियुक्त गरेको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ