२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथपिए १९८० जना संक्रमित, ३ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त

थपिए १९८० जना संक्रमित, ३ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त


काठमाडौँ – नेपालमा थप १ हजार ९ सय ८० कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा  थप १ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको हो ।

सोमबारमात्रै १० हजार ३ सय ८१ जनाको पिसिआर परीक्षण भएको छ।

यस्तै, पछिल्लो २४ घन्टामा  काठमाडौँ उपत्यकामा मात्रै थप १ हजार ७  जनामा कोरोना संक्रमण पाइएको छ । जसमध्ये ४ सय ५४ महिला र ५ सय ५३ जना पुरुष रहेका छन् ।

यता, सोमबारमात्रै थप ३ हजार ४३ जना संक्रमित उपचार पछि निको भएका छन् । हालसम्म गरेर २ लाख २ हजारभन्दा बढी संक्रमित कोरोनामुक्त भैसकेका छन् ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ