२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १६ जना संक्रमितको निधन, ६३ जना भेन्टिलेटरमा

थप १६ जना संक्रमितको निधन, ६३ जना भेन्टिलेटरमा


काठमाडौँ – नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा थप १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा मन्त्रालयले जनाएको हो।

यससँगै नेपालमा ज्यान गुमाउने संक्रमितको संख्या १ हजार ३ सय ३७ पुगेको छ ।

यस्तै, हाल मुलुकभर गरेर ३ सय ६५ जनाको आइसीयुमा र ६३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ । बागमती प्रदेशमा मात्रै ३४ जना विरामीको भेन्टिलेटरमा उपचार भैरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ