२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १छापा हानेर तस्करीको औषधि बरामद, तस्कर फरार

छापा हानेर तस्करीको औषधि बरामद, तस्कर फरार


विराटनगर—भारतदेखि तस्करी गरी ल्याएको औषधी मोरङ प्रहरीले छापा हानेर बरामद गरेको छ । तस्करी गरेर ल्याइएको औषधि विराटनगर– १३ स्थित घरमा भण्डारन गरी राखिएको अवस्थामा बरामद गरिएको हो ।

उक्त घरमा लुकाइएको ठाउँबाट प्रहरीले चार कार्टुन औषधि बरामद गरेको मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । बरामद गरेको औषधि विभिन्न नाम गरेको रहेका छन् ।

यस विषयमा औषधि व्यवस्था विभाग विराटनगरले थप अनुसन्धान गर्ने बुझिएको छ । विराटनगरका केही फार्मेसीले मगाएको औषधि तस्करी गरी ल्याइएको प्रहरी स्रोतको दाबी छ । बरामद औषधि विराटनगरको दक्षिण क्षेत्रमा रहेका फार्मेसीको रहेको प्रहरीले स्रोतले जानकारी दिएको छ ।

यस विषयमा अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । ‘भारतदेखि तस्करी गरेर ट्याक्टरमा औषधि ल्याएको विशेष सूचना आएपछि प्रहरीले निगरानी बढाएको थियो,’ सुरक्षा स्रोतले भन्यो, ‘ती घरधनीले फार्मेसीले मगाएको ठाउँमा तस्करीको औषधि पु¥याए वापत निश्चित रकम दिने गरेका रहेछ ।’

ट्याक्टरमा मुनिबाट औषधिको कार्टुन र माथिबाट पराल राखेर भारतदेखि औषधि तस्करी गरी ल्याउने गरेको विशेष सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो ।

औषधि बरामद भएका घरधनी फरार छन् । प्रहरीले उनको खोजी कार्य तीव्र बनाएको छ । प्रहरीले छापा हानेर औषधि बरामद गरेपछि मोरङ प्रहरीबाट खटिएको सिआरबी टोलीलाई यादवले धम्की पनि दिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ