२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना अपडेट : थपिए १६१४ संक्रमित, २३ जनाको मृत्यु

कोरोना अपडेट : थपिए १६१४ संक्रमित, २३ जनाको मृत्यु


काठमाडौँ – नेपालमा थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा  थप १ हजार ६ सय १४ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४०  पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा  काठमाडौँ उपत्यकामा मात्रै थप ७ सय ८५ जनामा कोरोना संक्रमण पाइएको छ । जसमध्ये ३ सय ३७   महिला र ४ सय ४८ जना पुरुष रहेका छन् ।

त्यस्तै, थप १ हजार ४ सय ३७ जना संक्रमित उपचार पछि निको भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।

हाल देशभर गरेर ३ सय ३३ जना आइसीयुमा र ५६ जना संक्रमितको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना संक्रमितको निधन भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय १२ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ