२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौँ उपत्यकामा ५४८ सहित थप १२५५ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा ५४८ सहित थप १२५५ जनामा कोरोना पुष्टि


काठमाडौँ – नेपालमा थप १ हजार २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार २ सय ५५ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ५ सय ४८  जनामा कोरोना पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ जना पुगेको छ। यस्तै, पछिल्लो २४ घन्टामा १ हजार ४ सय ४ जना संक्रमित कोरोनामुक्त भएका छन्। हालसम्म २ लाख १२ हजार ५ सय ९० जना बढी संक्रमित उपचारपछि निको भएका छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ